Nepali Rashifal
आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
काममा आत्मबल मिल्ने खालको समय रहेको छ । आफ्नो रिसलाई नियन्त्रणमा लिनु होला । मनोरंजनमा धन खर्च हुने समय रहेको छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
अध्यात्मिक क्षेत्रतिर रुची बढ्ने खालको समय रहेको देखिन्छ । विदेसबाट सुभ समाचार आउने खालको समय रहेको देखिन्छ । नयाँ काम बन्ने छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
पढाइ लेखाइतिर एकदम ध्यान जाने खालको समय रहेको देखिन्छ । आर्थिक क्षेत्रमा पनि एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
तपाईको लागि लाभदयाक र आटेको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । धेरै बाकी रहेका कामहरु पुरा हुनेछन् । नयाँ उर्जा थपिने छ । आर्थिक लाभ हुनेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
अधुरा काम सम्पन्न हुने देखिन्छ । पहिला आफ्नो काम हेरी मात्र अरु काममा शहभागीता दिनु होला । सोचेर अगी बढ्नु भए एकदम राम्रो हुने खालको दिन रहेको देखिन्छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
वौद्धिक कामतिर मन जाने खालको समय रहेको देखिन्छ । आत्मीयजनबाट सहयोग पाउन सजिलो छैन । केहि काम गर्दा विचार पुराएर गर्नु होला ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
सिर्जनात्मक गतिविधिमा सहभागी हुनु पर्ने खालको समय रहेको देखिन्छ । वियोग तथा विछोडको समाचारले मन खिन्न भै रहेने खालको दिन रहेको देखिन्छ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
सुभ समाचार सुन्न पाइने खालको समय आएको देखिन्छ । उपहार पुरस्कार आदि पनि मिल्ने खालको समय रहेको देखिन्छ । काम गर्दा विचार गर्नु होला ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
वौद्धिक कामतिर रुची बढ्ने खालको समय रहेको देखिन्छ । कसैलाई पनि बिश्वाश नगर्दा राम्रो हुने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
मन प्रसन्न रहने देखिन्छ । अरुबाट सहयोग पाउनु हुनेछ । नयाँ कामको थालनी हुने खालको समय रहेको देखिन्छ । विदेस यात्राको अवसर आउने छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
गरेका कामबाट सजिलै सफलता मिल्ने देखिन्छ । समाजबाट पनि तपाईले गर्नु भएको कामको सहि मुल्यांकन गर्ने छन् । तपाईको आम्दानी पनि राम्रै हुने देखिन्छ ।
कार्तिक महिनाको मासिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
साथीभाई तथा इष्टमित्रसंगको भेटघाटले यो महीना हर्सोल्लासका साथ बित्नेछ, धार्मिक कार्यमा रूचि बढ्नेछ, अधुरा काम बन्नाले मन उत्साहित हुनेछ, भोगबिलास गर्ने साधनहरु प्राप्त हुनेछ, धन तथा पुत्रको लाभ होला, मनमा उत्साह बढ्नेछ, नसोचेको स्थानबाट लाभ हुनेछ, पुत्र तथा पत्नीको साथ सहयोग प्राप्त होला। यो महीना मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान्।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
यो महीना थोरै भएनी खिन्नता हुनेछ । पशुचौपाया बाट नोक्सानी उठाउनु पर्ला । तर मध्यतिर भने राम्रो हुनेछ, अनेक प्रकारका लाभ हुनेछ, धार्मिक कार्यमा मन जानेछ, उच्च पद तथा धन प्राप्त होला, वैदेशिक रोजगारको अवसर आउनेछ, शत्रु पक्ष कमजोर होलान् , हरेक प्रकारका सुख प्राप्त होला। दैनिक ऊ नम शिबाय मन्त्र १०८ पटक जपेमा सबै अनिष्ट समाप्त हुनेछन।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
परिवार मा प्रेम बढ्नेछ, सुसमाचर सुन्ने अवसर आउनेछ, शत्रु पक्ष कमजोर हुनेछन, जागिर तथा नोकरीमा पदोन्नती हुने समय छ, अध्ययन, अध्यापन मा रुची बढनेछ, तर दोर्स्रो हप्ता भने यात्रा गर्दा सावधानी अपनाउनु होला, कुनै मालसामान हराउन सक्छ, लामो तथा छोटोे दुरिको यात्रा गराउला, यो महीनाको मध्यपछी भने शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, कुनै नयाँ अवसर आउनसक्छ, मन हर्षित होला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
यस महिनाको सुरुमा शत्रु पक्ष बलवान हुनेछन बोल्दा विचार गरेर मात्र बोल्नुहोला अनाबस्यक झैझगडा हुन सक्ला, परिवार जन बाट सहयोग को अपेक्षा नगर्दा राम्रो हुनेछ, ढाड तथा कम्मरको दुखाइले सताउनेछ। दोस्रो हप्तापछि भने कुनै रमणीय तथा नयाँ स्थानको सुखद यात्रा होला, पारिवारिक जीवन तथा प्रेम सम्बन्ध राम्रो हुनेछ। कुनै पनि मनोरञ्जनमा सहभागी भईएला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
मन प्रफुल्ल हुनेछ, तीर्थयात्रा तथा मठ मन्दिरमा समय बित्नेछ, अध्ययन तथा अध्यापन मा रुची होला, धार्मिक यात्राको योग बनेको छ, बौद्धिक कार्यमा सफलता मिल्नेछ, कुनै पनि रचनात्मक कार्यमा मन जानेछ, धन तथा मानमा वृद्धि गराउला, मिष्ठान भोजन तथा रमाइलो भेटघाटमा सहभागी भईएला, चल तथा अचल सम्पत्तिमा वृद्धि होला , व्यापार तथा व्यवसायमा सफलता मिल्नेछ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
बसिरहेको स्थान भन्दा अन्य स्थान को यात्राको लागि निमन्त्रणा हुनेछ, धन तथा मान प्राप्त हुनाले मन प्रसन्न रहनेछ, अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ, सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ, न्यायीक क्षेत्र बलवान् देखिन्छ, धेरै समयपछि आत्मीयजन सँग भेट होला, धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् , दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
पराक्रम बढ्नेछ, व्यापार ब्यबसायमा लाभ हुनेछ, बैदेसिक यात्राको लागि सुनौलो अवसर आउन सक्नेछ, धार्मिक कार्यमा रुची बढ्नाले तपाइको समय हर्सोलासका साथ बित्नेछ, धार्मिक तथा सामाजिक कार्यमा मन जाला, तपाईंको शुभ कार्यको चर्चा चारैतिर फैलिने छ। आफन्तजनको सहयोगले कुनै बिशेष कार्य सम्पन्न हुनेछ, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
धन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ, प्रेम सम्बन्ध अझै निकट हुने ‘ रहेको छ, शत्रुहरु पराजित हुनेछन्, विभिन्न प्रकारको उन्नतिले मनमा उत्साह हुनेछ, स्त्री,पुत्र तथा ईष्टमित्रको सहयोगले कार्यहरु पूरा हुनेछन्, शैक्षिक तथा साहित्यिक लेखनमा रुचि बढ्ला, सन्तानको प्रगतिले मन हर्षित रहला, कुनै पनि प्रकारका ज्ञान, योग तथा चिकित्सा सम्बन्धि कार्यक्रममा सहभागी भईएला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
मन मा शान्ति अनि मुहार मा कान्ति आउनेछ । लामो दुरीको यात्रा हुनेछ । व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ । प्रेम सम्बन्ध प्रगाड हुनेछ, यो महिनाको दोस्रो हप्ता तिर अनावश्यक झुटो आरोप लाग्ने हुँदा सावधानी अपनाउनुहोला, साहस तथा धैर्यताले काम लिनुहोला, गुप्त रोगले सताउन सक्छ, रोग तथा दुर्वेसनमा परिएला, होशियार रहनुहोला, शत्रु पक्ष कमजोर भएपनि सक्रिय हुने हुँदा होशियार रहनुहोला। अन्तिम हप्ता भने सन्तोषजनक बित्नेछ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
यस महिनाको सुरुमा आफूभन्दा निच व्यक्तिबाट अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला, मध्यतिर भने शैक्षिक क्षेत्रमा कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइएला, वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ, पुत्र तथा पत्नीको सहयोगले सुखमय रहनेछ। अन्तिम हप्ता भने बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र पनि बलवान् देखिन्छ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला, यस महिनाको मध्यतिर आफन्त तथा इष्टमित्रबाटै धोका हुनसक्छ। बोल्दा बिचार गरेरै मात्र बोल्नुहोला, झैझगडा तथा अनावश्यक खर्च हुनसक्छ, खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला र अन्त्यमा आकस्मिक धन लाभ पनि हुनसक्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन, आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ, कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला, तपाईंको बौद्धिक क्षमताको परिक्षण हुनेछन्, मान तथा सम्मानमा वृद्धि हुनेछ, मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला।
२०८२ सालको बार्षिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
मेष राशि हुनेहरूको लागि २०८२ साल मध्यम रहनेछ। बैशाख महिनामा बृहस्पति तथा केतुको प्रभावले सुखमय रहनेछ। आर्थिक स्थिति सामान्य नै रहनेछ । माङ्गलिक कार्यसम्पादन तथा धार्मिक यात्रा हुने योग रहेको छ। जेठपछि भने बृहस्पति ग्रहले राशि परिवर्तन गर्दा मिश्रित फल प्राप्त हुनेछ । फजुल खर्च बढ्नुका साथसाथै स्वास्थ्यमा पनि समस्या आउन सक्छ। असारबाट राहु शुभ रहनाले नविन कार्यको थालनी हुनसक्छ । शनि ग्रह कमजोर रहनाले विभिन्न झमेलामा फस्न सक्ने सम्भावना रहेको छ। यो साल मेष राशिका लागि ऊर्जावान र परिवर्तनशील रहनेछ। यो वर्ष कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ, तर मेहनत र धैर्यता आवश्यक पर्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ, तर अनावश्यक खर्चबाट बच्नुहोला। स्वास्थ्यमा मौसमी रोगहरूले सताउन सक्छ, त्यसैले खानपान र व्यायाममा ध्यान दिनुहोस्। प्रेम र पारिवारिक जीवनमा सन्तुलन कायम राख्न संवाद महत्त्वपूर्ण हुनेछ । असार, आश्विन, माघ र फागुन महिना आर्थिक दृष्टिकोणले लाभदायक रहेका छन् । रातो रंग को प्रयोग अनि हनुमान र गणेश को पुजा गर्नाले बिशेष लाभ हुने छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
वृष राशिका लागि २०८२ साल स्थिरता र प्रगतिको वर्ष हुनेछ। शनि र राहु ग्रह शुभ रहनाले आर्थिक पक्ष सबल रहनेछ र साथै मुद्दा मामिलामा जित तपाईँको हुनेछ। गुरु ग्रह शुभ रहनाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। व्यवसाय र नोकरीमा सफलता मिल्नेछ, तर सहकर्मी वा प्रतिस्पर्धीसँग सावधान रहनुहोला। आर्थिक स्थिति बलियो हुनेछ, तर ठूला लगानी गर्नुअघि राम्रोसँग विचार गर्नुहोस्। स्वास्थ्यमा पेट र तनावसम्बन्धी समस्याहरू देखिन सक्छन्। पारिवारिक जीवन सुखमय रहनेछ। श्रावण, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् । सेतो रंग को प्रयोग गरि शुक्रदेव, माता लक्ष्मी को पुजा गर्नाले बिशेष लाभ हुने छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
मिथुन राशि हुनेहरुको लागि २०८२ साल समान्य रहने छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ शिक्षा वा सीप सिक्ने अवसर आउन सक्छ। वैदेशिक रोजगारीबाट मनज्ञ आम्दामी हुनसक्छ । आर्थिक रूपमा मध्यम रहनेछ, बचतमा जोड दिनुहोस्। स्वास्थ्यमा मानसिक तनाव कम गर्न ध्यान र योग लाभदायक हुनेछ। प्रेम र सम्बन्धमा उतारचढाव आउन सक्छ, संयम राख्नुहोला। माङ्गलिक कार्यसम्पादन तथा धार्मिक यात्रा हुने योग रहेको छ। वैशाख, भदौ, मङ्सिर र चैत महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्नाले बिशेष लाभ हुने छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
कर्कट राशि हुने हरु को लागि २०८२ साल समान्य रहने छ । २०८२ साल भावनात्मक र पारिवारिक दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ। घरमा शुभ कार्यको योग छ। कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ, तर समय व्यवस्थापनमा ध्यान दिनुहोस्। आर्थिक स्थिति राम्रो रहनेछ, तर जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोला। स्वास्थ्यमा पानी र मौसमजन्य रोगबाट सावधान रहनुहोस्। नोकरी क्षेत्रमा अपजस खेप्नुपर्ला । सेतो रंग को प्रयोग अनि चन्द्र देव, शिव देव को पुजा गर्नाले बिशेष फाइदा मिल्ने छ । बैशाख, जेठ्, असोज र पुष महिना आर्थिक दृष्टिले शुभ रहेका छन् ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
सिंह राशि हुनेहरु को लागि २०८२ साल मध्यम फलदायी रहेको छ । २०८२ साल नेतृत्व र आत्मविश्वासको वर्ष हुनेछ। आर्थिक पक्ष सबल रहनेछ । अढैया शनिका कारण झुटा आरोप लाग्ने मनमा अशान्ति रहन सक्छ। नोकरी वा व्यवसायमा उन्नति हुने सम्भावना छ। आर्थिक लाभका लागि नयाँ योजना बनाउन सकिनेछ। स्वास्थ्यमा उच्च रक्तचाप वा तनावबाट बच्न नियमित व्यायाम गर्नुहोस्। प्रेम र परिवारमा सुमधुर सम्बन्ध रहनेछ। जेठ, असार, कार्तिक र पौष महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । सुन्तला रंग को प्रयोग अनि सुर्य, बिष्णु, राम भगवान को पुजा गर्नाले बिशेष लाभ मिल्ने छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
कन्या राशि हुने हरु को लागि २०८२ साल शुभ रहने छ । २०८२ साल मेहनत र व्यवस्थापनको वर्ष हुनेछ। शत्रु नाश हुनेछन् । आयका थप बाटाहरू खुल्नेछन् । कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईंको लगनशीलताले सफलता दिलाउनेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। स्वास्थ्यमा पाचन र छालासम्बन्धी समस्याले सताउन सक्छ। परिवारमा सामान्य विवाद हुन सक्छ, धैर्य राख्नुहोला। असार, साउन, मंसिर र फाल्गुन महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु, दुर्गा भगवान, बुध देव को पुजा गर्नाले राम्रो हुने छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
तुला राशि हुने हरु को लागि बर्ष २०८२ शुभ फलदायी रहने छ । अधुरा कार्यहरू पूरा हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगति रहनेछ । आर्थिक अवस्था मजबुत हुँदै जाला । यो वर्ष सन्तुलन र सामाजिक सक्रियताको वर्ष हुनेछ। नयाँ सम्बन्ध वा साझेदारीबाट लाभ मिल्नेछ। आर्थिक स्थिति सुध्रनेछ, तर खर्चमा नियन्त्रण राख्नुहोस्। स्वास्थ्यमा कम्मर र मृगौलासम्बन्धी समस्याबाट सावधान रहनुहोस्। प्रेम र वैवाहिक जीवनमा मधुरता रहनेछ। श्रावण, भाद्र, पौष र चैत्र महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । सेतो रंग को प्रयोग शुक्र देव अनि लक्ष्मी माता को पुजा गर्नाले राम्रो हुने छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
वृश्चिक राशि हुने हरु को लागि २०८२ साल मध्यम फलदायी रहने छ । यो साल परिवर्तन र आत्ममूल्याङ्कनको वर्ष हुनेछ। ग्रहहरू प्रतिकूल रहनाले कामहरू अधुरै रहनेछन् । आर्थिक क्षेत्र त्यति मजबुत नहोला । पठनपाठनमा अवरोध उत्पन्न हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक रूपमा जोखिम लिनुभन्दा सुरक्षित बाटो रोज्नुहोला। स्वास्थ्यमा जोर्नी र तनावको समस्या देखिन सक्छ। परिवार र प्रेममा गहिरो समझदारी कायम रहनेछ। बैशाख, भाद्र, आश्विन र माघ महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । रातो रंग र गणेश, हनुमान को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
धनु राशि हुने हरु को लागि २०८२ साल मध्यम फलदायी रहला । यो वर्ष साहसिक र यात्राको वर्ष हुनेछ। पारिवारिक झमेला शान्त हुँदै जाला । शैक्षिक क्षेत्रमा प्रगति हुँदै जानेछ । नयाँ ठाउँ वा अवसरको खोजीमा सफलता मिल्नेछ। नवीन कार्यको थालनी हुनसक्छ । अढैया शनिको कारण विघ्नबाधा उत्पन्न हुन सक्छ। आर्थिक रूपमा राम्रो रहनेछ, तर बजेट बनाएर चल्नुहोला। स्वास्थ्यमा थकान र आँखाको समस्याबाट बच्नुहोस्। प्रेम र परिवारमा सकारात्मक वातावरण रहनेछ। जेठ, असोज, कार्तिक र फागुन महिना शुभ रहनेछन । पहेंलो रंग र बंगलामुखी को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
मकर राशि हुने हरु को लागि यो २०८२ बर्ष मध्यम रहने छ । शनि अनुकूल रहनाले यो वर्ष शान्ति समृद्धि छाउला। आफन्त इष्टमित्रको साथ पाइनेछ। नवीन कार्यको थालनी हुनसक्छ । बोल्दा होस् गर्नुपर्ने देखिन्छ। यो साल मेहनत र अनुशासनको फल प्राप्त हुने वर्ष हुनेछ। कार्यक्षेत्रमा पदोन्नति वा सम्मान मिल्न सक्छ। आर्थिक रूपमा स्थिर रहनेछ, तर ठूलो खर्चको योजना बनाउनुहोस्। स्वास्थ्यमा हड्डी र दाँतको समस्याले सताउन सक्छ। परिवारमा सुख र शान्ति कायम रहनेछ। असार, कार्तिक, मंसिर र चैत महिना राम्रो रहने छन । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
कुम्भ राशि हुने हरु को लागि २०८२ साल शुभ फलदायी रहनेछ । बौद्धिक क्षेत्रका काम बन्ने छन् । आर्थिक उन्नति हुनेछ भने पठनपाठन पनि राम्रै रहनेछ। स्वास्थ्य राम्रो हुँदै जाला । यो वर्ष नवीनता र सामाजिक कार्यमा रुचिको वर्ष हुनेछ। नयाँ मित्रता वा समूहबाट लाभ मिल्नेछ। आर्थिक उन्नति मध्यम रहनेछ र बचतमा ध्यान दिनुहोस्। स्वास्थ्यमा फोक्सो र श्वाससम्बन्धी समस्याबाट सावधान रहनुहोस्। प्रेम र परिवारमा सन्तुलन कायम रहनेछ। वैशाख, श्रावण, मंसिर र पुस महिना शुभ रहला । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
मीन राशि हुने हरु को लागि २०८२ साल मध्यम रहला । यो वर्ष धनप्राप्ति जग्गा जमिन प्राप्ति तथा बाहन सुविधासमेत प्राप्ति हुन सक्छ। यो साल कल्पना र आध्यात्मिकताको वर्ष हुनेछ। तुरुन्त अरूको विश्वास गर्नाले फसिन सक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा रचनात्मकताले मान्यता दिलाउनेछ। आर्थिक रूपमा सुधार हुने सम्भावना छ, तर लापरवाही नगर्नुहोला। स्वास्थ्यमा टाउको दुख्ने र अनिद्राको समस्या देखिन सक्छ। प्रेम र परिवारमा भावनात्मक सम्बन्ध बलियो हुनेछ। जेठ, भदौ, पुस र माघ महिना राम्रो रहने छन । पहेंलो रंग र बंगलामुखी माता को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
Nepali Rashifal Widget
Embed Nepali Rashifal on your website. Copy and Paste following code into your website:
Happy New Year 2082 cards
Download Nepali Calendar 2082
Nepali Calendar 2082
Dashain Tihar 2024 dates
Add Nepali Patro to your website
Nepali Calendar is also known the Bikram Sambat Nepali calendar. The current Nepali Year in Nepali is Nepali calendar 2082 Bikram Sambat. Nepali Calendar is approximately 56 years and 8 and months ahead of the English Calendar known as Gregorian Calendar or AD. Nepali Calendar in Nepal is called as nepali Patro. In Nepal the new year starts from the middle of april (approximately 17th of the april). In Gregorian Calendar the days of the months are known but in nepali calendar its not the case i.e. they change yearly.
The maximum number of days in a month in Gregorian calendar is 31, but in the Bikram Sambat nepali Calendar it can have upto 32 days. Bikram Sambat Nepali calendar is mostly used in Nepal and India. Some countries like Indonesia, Bangladesh, Srilanka, Thiland, Malaysia and Bhutan are also using Bikram Sambat Nepali Calendar. We have introduced this calendar to provide exact english date to nepali dates calendar along with the festivals, Public holidays, Marriage dates , Bratabandha dates and date converter tools etc. Peoples mostly use online nepali calendar for the festivals like Dashain(Bijaya Dashami), Tihar(Depawali) with tithi and festivals etc. The next Nepali Year is Nepali calendar 2082 Bikram Sambat.
