आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
तपाइलाइ आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, शारीरिक रुपमा बलवान भइएला, इज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, आजको दिन तपाइको वाहवाही हुनेछ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
बोल्दा साबधानी अपनाउनुहोला, पुरानो कुरा फेरी दोहोरिन सक्ला, मनमा आजको दिन खिन्नता छाउनेछ, इस्टमित्र तथा आफन्तजनबाट सहयोग मिल्नेछ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
तपाइको बोली तथा पराक्रम सबैले देख्नेछन, सुनचादी तथा रत्नको प्राप्ति होला, तपाइको सुन्दरताको बयान चारैतिरबाट हुनेछ, बैदेसिक यात्राको अवसर पनि आउन सक्नेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
घरजग्गा तथा साधन बाहनमा वृद्धि हुनेछ, आमाको सल्लाहले नया कामको थालनी हुनसक्छ, पशुचौपायाबाट फाइदा होला, आजको दिन उन्नति प्रगति हुने समय छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
शस्त्र तथा हातहतियारको प्राप्ति होला, आजको दिन पाचन शक्ति कमजोर हुने हुदा पेटमा समस्या आउन सक्छ, राजनीति तथा नोकरीमा लाभ होला ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
आजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
प्रेम बढ्ने समय छ, प्रेमप्रेमिका बीच रमाइलो भेटघाट हुनेछ, कुनैपनि नया साझेदारी ब्यबसाय शुरु गर्दा राम्रो हुनेछ, तर दिउसोबाट दिनमा अशान्ति छाउला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
गुप्तरोगले सताउला, खुट्टा तथा हातमा चोटपटक लाग्नसक्छ, आजको दिन बैदेसिक यात्रा नगरेको राम्रो, भुतप्रेत प्रभाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
आजको दिन तपाइको मन उदार रहनेछ, बायु सम्बन्धी समस्याले सताउन सक्ला, खानपिनमा विशेष ध्यान दिनुहोला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
आजको दिन नयानया अबसरहरु प्राप्त हुनेछन, सरकारी पक्षबाट सहयोग प्राप्त होला, तपाइको बिध्वताको सबैतिर कृति फैलिनेछ, धन तथा प्रतिष्ठा प्राप्ति होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
अनेक अबसरहरु प्राप्त हुनेछन, भाईबन्धु तथा मित्रहरुबाट सुख होला, गाडी तथा मोटरबाट लाभ होला, महत्वपुर्ण मांगलिक कार्यहरु सम्पन्न होलान ।

असोज महिनाको मासिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
पारिवारिक कलहले मन खिन्न होला, दण्डजरिवाना भोग्नुपर्ला, पुराना कुराहरु बल्झिनाले मन अशान्त रहला, मान तथा धन हानी पनि हुनसक्छ, सावधानी अपनाउनु होला। गुप्त बिद्या तथा ज्ञान प्राप्त होला, खानपान तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भईएला, वैदेशिक यात्रा तथा रोजगारको अवसर पनि प्राप्त होला। धन आर्जनका नया स्रोतहरु खुल्नेछन, तपाइको को कार्यको उचित मूल्याकंन होला, पारिवारिक सद्भाव बढ्नेछ, सहित्य तथा संगीतमा रुची बढ्नेछ ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
तपाईको सरसल्लाहले बिग्रेका काम बन्नेछन् , समाजमा मान,प्रतिष्ठा बढ्नेछ, कुनै सभा समारोहमा उपस्थित भईएला। स्वास्थमा सुधार होला, धर्ममा रुची होला, आर्थिक दृष्टिले पनि राम्रो होला, साझेदारी ब्यबसायमा लाभ होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला, ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
राज्यपक्षबाट साथ सहयोग प्राप्त होला, शुभ समाचार सुन्न पाईएला, नयाँ जग्गा जमिन तथा साधन बाहनको खरिदबिक्रि होला, नयाँ कामको सुरुवात पनि हुनसक्छ। आफन्तहरुले नै काममा तगारो हाल्नेछन, जागीर तथा नोकरीमा अपयश आउनसक्छ, शारीरिक आलस्यता तथा नशासम्बन्धि रोगले सताउन सक्छ।खर्च बढ्नाले मन अशान्त रहला। पराक्रम वृद्धि होला, ठुला ठुला कार्य गर्न मन लाग्नेछ दाजुभाइको साथ् र सहयोग रहनेछ, चोटपटक को भय हुनाले साबधान रहनुहोला ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
भाग्योदय हुने समय छ, मन प्रसन्न रहला, शैक्षिक प्रगति मनग्री हुनेछ। वैदेशिक यात्राका अवसरहरु आउलान, शत्रुपक्ष कमजोर होलान् , व्यापार ब्यवसायमा लाभ होला। तपाईं ‘ धार्मिक तथा सामाजिक कार्यमा समय बित्नेछ, धार्मिक तथा पबित्र स्थानको यात्रा पनि हुनसक्छ, भाग्यले तपाईंको साथ दिनेछ। घरजग्गा तथा साधन बाहन किनबेच हुनसक्छ, आमाको सहयोग र आशिर्वादले धन आर्जन हुनसक्छ, बोल्दा साबधानी अपनाउनु होला, बिना कारण झैझगडा हुनसक्छ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
पुर्बार्धमा केहि कष्ट भएपनी मध्य भने तिर अर्थपूर्ण यात्रा गराउला, तिर्थयात्रा तथा शुभ कार्यका लागि तपाईंको यात्रा अघि बढ्नेछ, साहसिक कार्यमा आर्थिक लाभ पनि हुनसक्छ। शत्रु पक्ष सक्रिय रहलान, मन अस्थिर होला, बोल्दा बिचार गरेर मात्र बोल्नुहोला, मुद्दा  मामिलाको झन्झटमा फसिएला, तर पनि मध्य पछी भने समय राम्रो छ। शैक्षिक क्षेत्रमा सुधार होला, अरुको बचन टाल्न नसक्दा दुख पाइनेछ, धार्मिक कार्य तथा समाजसेवामा मन जानेछ, स्वास्थ्य मा समस्या आउन सक्नेछ सचेत रहनुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
धेरै समयपछि पारिवारिक जमघटले खुसियाली छाउला,’ मिष्टान्न भोजन प्राप्त होला,मन खुसी मै बित्नेछ। कुनै स्थानको यात्रा पनि हुनसक्छ। तपाईंलाई ‘ धन,मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, सामाजिक तथा सास्कृतिक सभा समारोहमा सहभागी भईएला, कुनै पनि स्थानको रमाइलो यात्रा होला। ‘ हर्ष उल्लासका साथ बित्नेछ, न्यायीक क्षेत्र बलवान् देखिन्छ। प्रेमिकाको सहयोगले अधुरा काम पूरा हुनेछन् , धेरै समयपछि आत्मीयजन सँग भेट होला ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
शत्रुपक्ष बलवान् होलान, शस्त्र,अस्त्र तथा हतियारबाट चोटपटक लाग्ला, होशियार रहनुहोला,तर यश किर्ति बढ्ला,आशा मारेको धन प्राप्त होला। कुनै शुभ कार्यको सुरुवात गर्न ‘ उत्तम रहेको छ लामो समय देखि रोकिएको कार्यको ‘ सम्झौता हुनसक्नेछ, मनमा भने दुबिधा हुनेछ। ‘ तपाईंको बौद्धिकताको परिक्षण हुनेछ, तपाईं ‘ नदि, तलाउ वा पानी भएको स्थानबाट टाढा रहदाँ राम्रो हुनेछ , प्रेम बढ्ने योग छ, पत्नी तथा पुत्रबाट सहयोग पाइएला, लामो समयदेखि प्रतिक्षा गरेको काम पुरा हुनेछ,मान प्रतिष्ठामा वृद्धि होला । पुर्बतिरको यात्रा गर्दा लाभ होला ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
शैक्षिक क्षेत्रमा प्रगती होला, कुनै रचनात्मक कार्यमा सहभागी भइएला, सन्तान पक्षबाट साथ र सहयोग प्राप्त होला, सन्तानको राम्रो प्रगतिले मन हर्षित होला। शुभ समाचार सुन्न पाईएला। कुनै पनि उच्च पद प्राप्ति तथा उच्च पदस्थ व्यक्तिसँग भेटघाट होला, दाजुभाइको साथ र सहयोगले कुनै व्यवसाय वा कार्यमा सफलता प्राप्त होला , ‘ पराक्रममा पनि वृद्धि होला। ‘ अनेक प्रकारको चुनौतिको सामना गर्नु पर्ला, चोटपटक को भय हुनसक्छ, दुष्ट व्यक्तिको संगतले काम बिग्रन सक्छ, यात्रा गर्दा मालसामान हराउन सक्ला, बोलीको बिपरित अर्थ लाग्न सक्छ, बोल्दा साबधानी अपनाउनुहोला ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
धर्ममा विशेष रुचि जाग्नेछ,जग्गा जमीन तथा साधन बाहनमा वृद्धि हुनेछ,कुनै नयाँ काम कारोबारको थालनी होला, मानसम्मानमा वृद्धि होला, बैवाहिक कार्य तथा पाटिमा सहभागीता होला। ‘ धन प्राप्तिको योग रहेको छ, तपाइको बोलि र व्यक्तित्वको कारण सबैको प्यारो बनिएला, बैदेसिक यात्राका अबसरहरु आउनेछन, जोश र जागर बढ्नाले कामहरु सम्पन्न होलान। ‘ भाग्योदय हुनेछ, आटेका काम पुरा हुनाले मन हर्षित हुनेछ, नसोचेको स्थान बाट धन प्राप्त हुनेछ। शिवजीको आराधना गरेमा अझै राम्रो हुनेछ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
विभिन्न प्रकारका भोगबिलास गर्न पाईनेछ, उच्चपदस्थ अधिकारीहरुको साथ सहयोग पाईएला, अधुरा कामहरू सम्पन्न होलान् , ऐश्वर्यमा वृद्धि तथा न्याय पाईनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्ति होला। तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला। राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला, मान तथा पद प्रतिष्ठामा वृद्धि होला, उच्च पदमा रहेका व्यक्तिबाट सहयोग प्राप्त होला , जागिर तथा नोकरी पाउने योग रहको छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
नसोचेको स्थानबाट, धन प्राप्त होला, वैदेशिक अवसरहरु पनि आउनेछन, तर दाँतको समस्याले सताउन सक्छ। खानपिनमा बिशेष ध्यान दिनुहोला, पुरानो साथीसँगको भेटले ‘ रमाइलो भएर नै बित्ला। ‘ श्रीमती आज्ञाकारी हुने तथा प्रेममा वृद्धि होला, बिदेश यात्राका अवसर पनि आउनसक्छ, कुनै पनि मनोरञ्जनात्मक कार्यमा सहभागिताले मन प्रसन्न रहला। ‘ चारैतिर बाट लाभ हुनेछ, नसोचेको ठाउ बाट धन आउनाले खुशी भइएला ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
पुलिस तथा सरकारी पक्षबाट दण्डजरिवाना हुनसक्छ, अनावश्यक खर्च होला, मन नपरेको स्थानको यात्रा गर्नुपर्ला, झैझगडा हुने योग भएकोले बोल्दा सावधानी अपनाउनु होला। ‘ तपाईंको गुमेको वा नसोचेको धन प्राप्त होला , पत्नी सुख तथा प्रेममा वृद्धि हुनेछ , आफ्नो काम कार्यमा स्वतन्त्रता प्राप्त होला तै पनि ‘ कामबासनामा वृद्धि हुनसक्छ। शत्रु हरु सक्रिय होलान, इज्जत प्रतिष्ठामा आच आउन सक्ला, निचको संगत गर्दा दण्ड तथा जरिवाना हुनसक्छ होसियार रहनुहोला ।

२०८३ सालको बार्षिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
वि.सं. २०८३ साल मेष राशिका लागि मिश्रित परिणाम दिने वर्ष हुनेछ। कार्तिकदेखि माघसम्म बृहस्पतिले राम्रो प्रभाव पार्ने भएकाले सुख, अचानक धनलाभ र कीर्ति बढ्ने सम्भावना छ। तर कार्तिकअघि र माघपछि भने स्वास्थ्यमा समस्या, डर र अनावश्यक खर्चले हैरान पार्न सक्छ। शनि साढेसाती र मंसिरपछि राहुको अशुभ प्रभावका कारण झुटा आरोप, मानसिक अशान्ति, आफन्तसँग वैमनस्य र सरकारी मामिलामा फस्ने जोखिम रहन्छ। मंसिरसम्म राहुले केही राम्रो फल दिन सक्छ, जसले नोकरी वा नयाँ काममा सफलता दिलाउन सक्छ। महिनागत रूपमा हेर्दा वैशाखमा बसाइँसराइ र पारिवारिक सम्पत्तिमा विवाद, जेठमा भय र हानि, असारमा धन प्राप्ति, श्रावणमा स्वास्थ्य तथा सम्मानमा ह्रास, भाद्रमा ऋण बढ्ने, आश्विनमा शत्रु पराजय, कार्तिकमा खर्चिलो यात्रा, मंसिरमा स्वास्थ्य गडबडी, पुसमा अपमान, माघमा काममा प्रगति, फाल्गुनमा धनलाभ र चैतमा केही नोक्सानी हुन सक्छ। यो वर्ष धार्मिक कार्य र तीर्थ भ्रमणमा रुचि बढ्नेछ। विदेशी कामहरू भने अधुरै रहने देखिन्छ। आर्थिक रूपमा असार, असोज, माघ र फाल्गुन महिना अपेक्षाकृत राम्रा हुनेछन्। शनिदेव, राहु र केतुको शान्ति गर्नु लाभदायक हुनेछ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
वृष राशिका लागि यो वर्ष सामान्यतः अनुकूल रहनेछ। बृहस्पतिको शुभ प्रभावले वर्षको सुरुवातमा आर्थिक प्रगति, परिवार वृद्धि र बोल्ने शैलीले काममा सफलता मिल्न सक्छ। असारदेखि कार्तिकसम्म स्वास्थ्य अलि कमजोर रहला तर माघसम्म सवारी वा सम्पत्ति प्राप्तिको योग छ। शनिले पनि राम्रो साथ दिनेछ, जसले आम्दानी बढाउने, नयाँ व्यवसाय सुरु गर्न र सम्मान प्राप्त गर्न मद्दत गर्नेछ। राहु र केतुले वर्षको पहिलो आधामा केही समस्या निम्त्याउन सक्छन् भने दोस्रो आधामा आर्थिक सुधार हुने सम्भावना छ। महिनाहरूमा वैशाखमा धनहानि, जेठमा बसाइँसराइ, असारमा खर्च बढ्ने, श्रावणमा सुख र धनलाभ, भाद्रमा अपमान, असोजमा आर्थिक दबाब, कार्तिकमा शत्रुनाश, मंसिरमा लामो यात्रा र धननाश, पुसमा स्वास्थ्य समस्या, माघमा सम्मानमा ह्रास, फाल्गुनमा सफलता र चैतमा राम्रो आम्दानीको योग देखिन्छ। यो वर्ष वैदेशिक प्रयास र पशुपालनबाट फाइदा हुन सक्छ। पढाइ राम्रो रहनेछ र घरमा शुभ कार्यहरू सम्पन्न हुनेछन्। आर्थिक दृष्टिले साउन, कार्तिक, फाल्गुन र चैत महिना राम्रा रहनेछन्। सेतो रंग को प्रयोग गरि शुक्रदेव, माता लक्ष्मी को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
मिथुन राशिका लागि यो वर्ष औसत फलदायी रहनेछ। बृहस्पतिको प्रभावले पहिलो आधा वर्षमा आर्थिक सुधार र घरमा शुभ काम हुन सक्छ। राहु र केतुले मंसिरसम्म चुनौतीपूर्ण समय दिनेछन् तर त्यसपछि आम्दानीका बाटोहरू खुल्न सक्छन्। शनिका कारण जागिर वा व्यवसायमा धेरै बाधा, बदनामी र प्रतिस्पर्धीहरू बढ्न सक्छन्। महिनागत रूपमा वैशाखमा धन, सम्मान र सुख, जेठमा आफन्तसँग मतभेद र धनहानि, असारमा यात्रा तथा बसाइँसराइ, श्रावणमा हानि र डर, भाद्रमा धनलाभ, आश्विनमा स्वास्थ्य र सम्मानमा समस्या, कार्तिकमा आर्थिक संकट, मंसिरमा शत्रु पराजय, पुसमा खर्चिलो यात्रा, माघमा स्वास्थ्य गडबडी, फाल्गुनमा प्रतिष्ठामा आघात र चैतमा काममा सफलता मिल्ने देखिन्छ। पढाइ पहिलो आधामा राम्रो र दोस्रो आधामा कमजोर रहन सक्छ। व्यापार र पशु व्यवसाय फस्टाउन सक्छ तर विदेशका कामहरू अधुरै रहनेछन्। आर्थिक रूपमा वैशाख, भदौ, मंसिर र चैत महिना राम्रा हुनेछन्। हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
कर्कट राशिका लागि यो वर्ष मध्यम प्रकारको रहनेछ। बृहस्पति सुरुवात र अन्त्यमा कमजोर रहँदा विवाद, ऋण र खर्च बढ्न सक्छ तर बीचको समयमा भने आर्थिक प्रगति, अधुरा काम पूरा र शत्रुमाथि विजय मिल्न सक्छ। शनि, राहु र केतुले स्वास्थ्य समस्या, अत्यधिक खर्च र पारिवारिक कलह निम्त्याउन सक्छन्। महिनाहरूमा वैशाख र जेठमा सुख र काममा सफलता, असारमा शत्रुबाट डर र हानि, साउनमा बसाइँसराइ, भदौमा विवाद र नोक्सानी, असोजमा धन र सम्मान वृद्धि, कार्तिकमा रोग र अपमान, मंसिरमा ऋण र आर्थिक समस्या, पुसमा शत्रुनाश, माघमा यात्रा र खर्च, फाल्गुनमा स्वास्थ्य समस्या र चैतमा नकारात्मक कार्यले गर्दा बदनामी हुन सक्छ। यो वर्ष वैदेशिक क्षेत्र र व्यापारबाट केही लाभ हुन सक्छ। शिक्षा क्षेत्र औसत रहनेछ। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना राम्रा रहनेछन्। सेतो रंग को प्रयोग अनि चन्द्र देव, शिव देव को पुजा गर्नाले बिशेष फाइदा मिल्ने छ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
सिंह राशिका लागि यो वर्ष सामान्य रहनेछ। विदेशी कामहरूमा सफलता र लाभ मिल्ने सम्भावना छ। पढाइ सुरुमा कम रुचिको र पछिल्लो समयमा राम्रो हुन सक्छ। बृहस्पति, शनि, राहु र केतुको अशुभ प्रभावले स्वास्थ्य, मानसिक तनाव, आरोप र धनहानिको जोखिम रहन्छ। उत्तरार्द्धमा राहु-केतुले केही राहत दिन सक्छन्। महिनागत रूपमा वैशाखमा अपमान, जेठमा सुख र सफलता, असारमा धनलाभ, श्रावणमा हानि, भाद्रमा चिन्ता, आश्विनमा डर, कार्तिकमा गुमेको धन फिर्ता, मंसिरमा रोग र अपमान, पुसमा आर्थिक संकट, माघमा शत्रुनाश, फाल्गुनमा खर्चिलो यात्रा र चैतमा स्वास्थ्य समस्या हुन सक्छ। व्यापार र पशुपालनबाट राम्रो आम्दानी हुन सक्छ। आर्थिक रूपमा जेठ, असार, मंसिर र माघ महिना अनुकूल रहनेछन्। सुन्तला रंग को प्रयोग अनि सुर्य, बिष्णु, राम भगवान को पुजा गर्नाले बिशेष लाभ मिल्ने छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
कन्या राशिका लागि यो वर्ष राम्रो रहनेछ। गुरुको विशेष प्रभावले वर्षको सुरुवातमा प्रशस्त धनलाभ, घरमा शुभ कार्य र नयाँ काम सुरु गर्न सकिनेछ। बीचमा भने झमेला, शत्रु र खर्च बढ्न सक्छ। मार्गसम्म राहुले सहयोग गर्दा शत्रुमाथि विजय र आम्दानी बढ्न सक्छ तर त्यसपछि खर्च, स्वास्थ्य समस्या र शत्रु वृद्धि हुन सक्छ। शनिले व्यवसाय र परिवारमा चुनौती दिन सक्छ। महिनाहरूमा वैशाखमा परिवारको स्वास्थ्यमा खर्च, जेठमा अपमान, असार र मंसिरमा सुख र धन, श्रावण र भाद्रमा खर्च र मनमुटाव, असोजमा यात्रा र खर्च, कार्तिकमा धनहानि र बसाइँसराइ, पुसमा रोग, माघमा शत्रु बढ्ने, फाल्गुनमा शत्रुनाश र चैतमा सफलता मिल्ने देखिन्छ। आर्थिक दृष्टिले असार, श्रावण, फाल्गुन र मंसिर महिना राम्रा रहनेछन्। हरियो रंग अनि बिष्णु, दुर्गा भगवान, बुध देव को पुजा गर्नाले राम्रो हुने छ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
तुला राशिका लागि यो वर्ष मिश्रित फलदायी रहन सक्छ। बृहस्पतिको प्रभावले केही समयमा आर्थिक सुधार र पारिवारिक सुख बढ्न सक्छ तर शनि र राहु-केतुले चुनौती पनि दिनेछन्। वर्षको पहिलो भागमा स्वास्थ्य र काममा केही बाधा आउन सक्छ भने दोस्रो भागमा राहत मिल्ने सम्भावना छ। महिनागत रूपमा वैशाखमा सुख र काममा प्रगति, जेठमा खर्च र तनाव, असारमा यात्रा तथा स्थान परिवर्तन, श्रावणमा धन लाभ, भाद्रमा मानहानी, असोजमा आर्थिक समस्या, कार्तिकमा शत्रुनाश, मंसिरमा स्वास्थ्य गडबडी, पुसमा लामो यात्रा, माघमा सफलता, फाल्गुनमा धनहानि र चैतमा सुख वृद्धि हुन सक्छ। यो वर्ष वैदेशिक सम्बन्ध र साझेदारीका कामबाट फाइदा हुन सक्छ। व्यापारमा उतारचढाव रहला तर पढाइ र रचनात्मक क्षेत्र राम्रो रहन सक्छ। आर्थिक दृष्टिले श्रावण, कार्तिक, माघ र चैत महिना अपेक्षाकृत राम्रा हुनेछन्। शनिको शान्ति गर्नु लाभदायक हुन्छ। सेतो रंग को प्रयोग शुक्र देव अनि लक्ष्मी माता को पुजा गर्नाले राम्रो हुने छ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
वृश्चिक राशिका लागि यो वर्ष सामान्यभन्दा अलि चुनौतीपूर्ण रहन सक्छ। बृहस्पति र शनिको संयुक्त प्रभावले स्वास्थ्यमा ध्यान दिनुपर्ने अवस्था आउन सक्छ। वर्षारम्भमा आर्थिक दबाब र पारिवारिक कलह हुन सक्छ तर मध्यदेखि अन्त्यसम्म केही सुधारको योग छ। राहु-केतुले मानसिक अशान्ति र झमेला निम्त्याउन सक्छन्। महिनाहरूमा वैशाखमा विवाद र खर्च, जेठमा स्वास्थ्य समस्या, असारमा धन लाभ, श्रावणमा शत्रुभय, भाद्रमा सुख, असोजमा स्थान परिवर्तन, कार्तिकमा मानहानी, मंसिरमा आर्थिक संकट, पुसमा सफलता, माघमा यात्रा, फाल्गुनमा स्वास्थ्य गडबडी र चैतमा काममा प्रगति हुन सक्छ। यो वर्ष गोप्य काम, अनुसन्धान वा प्राविधिक क्षेत्रबाट लाभ मिल्न सक्छ। विदेशी प्रयासमा सफलता सम्भव छ तर स्वास्थ्य र ऋणबाट सतर्क रहनुहोस्। आर्थिक रूपमा असार, भाद्र, पुस र चैत महिना राम्रा रहन सक्छन्। रातो रंग र गणेश, हनुमान को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
धनु राशिका लागि यो वर्ष राम्रो र प्रगतिशील रहन सक्छ। बृहस्पतिको विशेष प्रभावले ज्ञान, यात्रा र आर्थिक उन्नति बढाउन सक्छ। शनिले पनि स्थिरता दिनेछ जसले गर्दा लामो समयका योजनाहरू सफल हुन सक्छन्। राहुले नयाँ अवसर दिन सक्छ तर केतुले केही बाधा पनि ल्याउन सक्छ। महिनागत रूपमा वैशाखमा धन र सम्मान, जेठमा यात्रा, असारमा सुख, श्रावणमा हानि, भाद्रमा शत्रुनाश, असोजमा खर्च, कार्तिकमा स्वास्थ्य समस्या, मंसिरमा सफलता, पुसमा मान वृद्धि, माघमा धन लाभ, फाल्गुनमा विवाद र चैतमा सुख मिल्ने देखिन्छ। यो वर्ष उच्च शिक्षा, धार्मिक कार्य र विदेश यात्राबाट फाइदा हुन सक्छ। व्यापार विस्तार र नयाँ लगानीका लागि राम्रो समय छ। आर्थिक दृष्टिले वैशाख, श्रावण, मंसिर र माघ महिना अनुकूल रहनेछन्। पहेंलो रंग र बंगलामुखी को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
मकर राशिका लागि यो वर्ष मिश्रित रहनेछ। शनिको प्रभाव बलियो रहँदा मेहनतको राम्रो फल मिल्न सक्छ तर साढेसातीका कारण स्वास्थ्य र पारिवारिक समस्या आउन सक्छ। बृहस्पतिले केही राहत दिन सक्छ। वर्षको दोस्रो आधामा आर्थिक र सामाजिक प्रगति हुने सम्भावना छ। महिनाहरूमा वैशाखमा स्वास्थ्य समस्या, जेठमा धन लाभ, असारमा विवाद, श्रावणमा यात्रा, भाद्रमा सुख, असोजमा हानि, कार्तिकमा शत्रुनाश, मंसिरमा खर्च, पुसमा सफलता, माघमा अपमान, फाल्गुनमा धन प्राप्ति र चैतमा स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन सक्छ। यो वर्ष सरकारी वा ठूला संस्थाका कामबाट लाभ हुन सक्छ। स्थिरता र धैर्यता राख्नुहोस्। आर्थिक रूपमा जेठ, भाद्र, पुस र फाल्गुन महिना राम्रा रहन सक्छन्। शनिदेवको उपाय गर्नु राम्रो हुन्छ। कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
कुम्भ राशिका लागि यो वर्ष परिवर्तनशील रहन सक्छ। शनिको प्रभावले जीवनमा नयाँ दिशा दिन सक्छ। बृहस्पतिले आर्थिक र सामाजिक क्षेत्रमा सुधार ल्याउन सक्छ तर राहु-केतुले मानसिक तनाव र अप्रत्याशित घटना निम्त्याउन सक्छन्। महिनागत रूपमा वैशाखमा सुख, जेठमा खर्च, असारमा स्वास्थ्य समस्या, श्रावणमा धन लाभ, भाद्रमा यात्रा, असोजमा शत्रुभय, कार्तिकमा सफलता, मंसिरमा विवाद, पुसमा सम्मान, माघमा हानि, फाल्गुनमा काम बन्ने र चैतमा सुख मिल्ने देखिन्छ। यो वर्ष प्रविधि, सामाजिक कार्य र नयाँ आइडियाबाट फाइदा हुन सक्छ। विदेश वा टाढाको काममा सफलता सम्भव छ। आर्थिक दृष्टिले श्रावण, कार्तिक, पुस र फाल्गुन महिना अनुकूल रहन सक्छन्। कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
मीन राशिका लागि यो वर्ष भावनात्मक र आध्यात्मिक रूपमा राम्रो रहन सक्छ। बृहस्पतिको प्रभावले सुख, ज्ञान र धार्मिक कार्यमा रुचि बढाउन सक्छ। शनिले स्वास्थ्य र आर्थिक स्थिरता दिन सक्छ तर राहुले केही भ्रम र झमेला निम्त्याउन सक्छ। महिनाहरूमा वैशाखमा धनहानि, जेठमा सुख, असारमा यात्रा, श्रावणमा स्वास्थ्य समस्या, भाद्रमा लाभ, असोजमा अपमान, कार्तिकमा शत्रुनाश, मंसिरमा खर्च, पुसमा सफलता, माघमा मान वृद्धि, फाल्गुनमा विवाद र चैतमा आर्थिक सुधार हुन सक्छ। यो वर्ष कलात्मक क्षेत्र, सेवा कार्य र तीर्थ भ्रमणबाट सन्तुष्टि मिल्न सक्छ। परिवारमा शुभ कार्य हुन सक्छ। आर्थिक रूपमा जेठ, भाद्र, पुस र चैत महिना राम्रा रहन सक्छन्। पहेंलो रंग र बंगलामुखी माता को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।