Nepali Rashifal
आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
आजको दिन मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान्, आजको दिन बिष्णु भगवानलाई आराधना गरे अझ राम्रो होला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
आजको दिन केहि मात्रामा अनुकुल छ, धनार्जन हुने तथा ईज्जत प्रतिष्ठामा वृद्धि होला, वैदेशिक रोजगारका अवसरहरु प्राप्त होलान्, तर मध्याह्न पछी टाउको तथा कानमा समस्या आउनसक्छ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
आजको दिन तपाईंलाई दण्डजरिवाना हुनसक्छ,चोटपटकको भय रहेकोले साधनबाहन चलाउदा विशेष ध्यान दिनुहोला, बिरोधि तत्वहरु पनि सक्रिय होलान्, मनमा अशान्ति छाउला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
आजको दिन शरीर स्वस्थ्य तथा तन्दुरुस्त रहला, तपाईंको बल तथा बुद्धिको चारैतिर प्रशंसा होला, ईज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, धैर्यता तथा साहसले नयाँ कार्यहरू बन्नेछन् ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
आजको दिन मिष्ठान भोजन तथा रमाइलो भेटघाटमा सहभागी भईएला, चल तथा अचल सम्पत्तिमा वृद्धि होला , व्यापार तथा व्यवसायमा सफलता मिल्नेछ, आजको दिन समग्रमा राम्रो छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
आजको दिन धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् ,दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ,आजको दिन तपाईं महत्वाकांक्षी हुनुहुनेछ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
तपाईंलाई आजको दिन विभिन्न प्रकारका निर्माण कार्यहरू गर्ने अवसर आउला, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
शैक्षिक तथा साहित्यिक लेखनमा रुचि बढ्ला, सन्तानको प्रगतिले मन हर्षित रहला, कुनै पनि प्रकारका ज्ञान, योग तथा चिकित्सा सम्बन्धि कार्यक्रममा सहभागी भईएला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
गुप्त रोगले सताउन सक्छ, शत्रुहरु कमजोर होलान् ,रोग तथा दुर्वेसनमा परिएला, होशियार रहनुहोला, शत्रु पक्ष कमजोर भएपनि सक्रिय हुने हुँदा होशियार रहनुहोला।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
आजको दिन बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र आज बलवान् देखिन्छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
आजको दिन तपाईंलाई खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला, आकस्मिक धन लाभ पनि हुनसक्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला, आज विशेष प्रकारको ज्ञान प्राप्त हुने समय छ ।
माघ महिनाको मासिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
बसिरहेको स्थान भन्दा अन्य स्थान को यात्राको लागि निमन्त्रणा हुनेछ, धन तथा मान प्राप्त हुनाले मन प्रसन्न रहनेछ, अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ, सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ, न्यायीक क्षेत्र बलवान् देखिन्छ, धेरै समयपछि आत्मीयजन सँग भेट होला, धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् , दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
पराक्रम बढ्नेछ, व्यापार ब्यबसायमा लाभ हुनेछ, बैदेसिक यात्राको लागि सुनौलो अवसर आउन सक्नेछ, धार्मिक कार्यमा रुची बढ्नाले तपाइको समय हर्सोलासका साथ बित्नेछ, धार्मिक तथा सामाजिक कार्यमा मन जाला, तपाईंको शुभ कार्यको चर्चा चारैतिर फैलिने छ। आफन्तजनको सहयोगले कुनै बिशेष कार्य सम्पन्न हुनेछ, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
धन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ, प्रेम सम्बन्ध अझै निकट हुने ‘ रहेको छ, शत्रुहरु पराजित हुनेछन्, विभिन्न प्रकारको उन्नतिले मनमा उत्साह हुनेछ, स्त्री,पुत्र तथा ईष्टमित्रको सहयोगले कार्यहरु पूरा हुनेछन्, शैक्षिक तथा साहित्यिक लेखनमा रुचि बढ्ला, सन्तानको प्रगतिले मन हर्षित रहला, कुनै पनि प्रकारका ज्ञान, योग तथा चिकित्सा सम्बन्धि कार्यक्रममा सहभागी भईएला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
मन मा शान्ति अनि मुहार मा कान्ति आउनेछ । लामो दुरीको यात्रा हुनेछ । व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ । प्रेम सम्बन्ध प्रगाड हुनेछ, यो महिनाको दोस्रो हप्ता तिर अनावश्यक झुटो आरोप लाग्ने हुँदा सावधानी अपनाउनुहोला, साहस तथा धैर्यताले काम लिनुहोला, गुप्त रोगले सताउन सक्छ, रोग तथा दुर्वेसनमा परिएला, होशियार रहनुहोला, शत्रु पक्ष कमजोर भएपनि सक्रिय हुने हुँदा होशियार रहनुहोला। अन्तिम हप्ता भने सन्तोषजनक बित्नेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
यस महिनाको सुरुमा आफूभन्दा निच व्यक्तिबाट अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला, मध्यतिर भने शैक्षिक क्षेत्रमा कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइएला, वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ, पुत्र तथा पत्नीको सहयोगले ‘हरु सुखमय रहनेछ। अन्तिम हप्ता भने बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र पनि बलवान् देखिन्छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला, यस महिनाको मध्यतिर आफन्त तथा इष्टमित्रबाटै धोका हुनसक्छ। बोल्दा बिचार गरेरै मात्र बोल्नुहोला, झैझगडा तथा अनावश्यक खर्च हुनसक्छ, खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला र अन्त्यमा आकस्मिक धन लाभ पनि हुनसक्छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन, आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ, कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला, तपाईंको बौद्धिक क्षमताको परिक्षण हुनेछन्, मान तथा सम्मानमा वृद्धि हुनेछ, मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्ला, साथिभाई इष्टमित्र तथा प्रीयजनको साथ र सहयोगले नयाँ कार्यमा थालनी होला शत्रुहरु टाढा होलान् , तर पेट तथा आखा सम्बन्धि रोग लाग्नसक्छ, सावधानी अपनाउनुहोला, छोराछोरीको प्रगतिबाट प्रसंशा मिल्ला, मान्यजनको सहयोग सद्भाव पाउनाले आत्मबल निकै बढ्नेछ, तर कम्मरको दुखाइले भने सताउन सक्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ,खर्च बढ्ने योग भएता पनि उचित ठाउँमा हुनेछ , पुलिस प्रशासनको कारबाहीमा पर्नसक्ने संभावना छ। ॐ नम: शिवाय मन्त्र १०८ पटक जप गरि कार्य सुरु गरेमा सफलता प्राप्त गर्न सकिनेछ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला, छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला। ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला, मान,सम्मान तथा पद प्रतिष्ठा प्राप्ति होला, अधुरा कामहरू सप्पन्न होलान् , अर्थपूर्ण यात्रा होला ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ, शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, ‘ कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, बिवाह वा पाटिमा सहभागी भइएला, मानसिक तथा शारीरिक पक्ष सबल होला, स्त्री लाभ तथा प्रेम बढ्नेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, बोलीचाली तथा ब्यवहारमा परिवर्तन आउनेछ, मिष्ठान्न भोजनको अवसर मिल्ला, गुप्त धन तथा बिद्या प्राप्त होला, कसैसँग झुट नबोल्नुहोला नत्र फसिएला। तपाईंलाई आफ्नो व्यवसाय तथा पेशामा लाभ होला, गाडी घोडा तथा घर जग्गा किन्ने योग छ , भने शस्त्र तथा शत्रुबाट कष्ट होला , बोल्दा वा काम गर्दा होसियार रहनुहोला ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति होला, तर कुनै नयाँ कार्य भने नगरेको राम्रो होला न्याय पक्ष तथा वैदेशिक मार्ग भने अधुरै रहला, तर विभिन्न समस्याको समाधान भने आफै गर्न सकिनेछ । तपाईंको घमण्डको कारण बन्न खोजेको काम पनि बिग्रन सक्छ, नाँचगान, सभा समारोहमा सहभागी भईएला, धन आर्जन हुने योग पनि छ । बात रोगले समस्या बनाउन सक्छ। पारिवारिक खटपटले घरमा बस्न मन नहुनसक्छ,तर पनि आफ्नो धैर्य तथा साहस गुम्ने छैन ।
२०८२ सालको बार्षिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
मेष राशि हुनेहरूको लागि २०८२ साल मध्यम रहनेछ। बैशाख महिनामा बृहस्पति तथा केतुको प्रभावले सुखमय रहनेछ। आर्थिक स्थिति सामान्य नै रहनेछ । माङ्गलिक कार्यसम्पादन तथा धार्मिक यात्रा हुने योग रहेको छ। जेठपछि भने बृहस्पति ग्रहले राशि परिवर्तन गर्दा मिश्रित फल प्राप्त हुनेछ । फजुल खर्च बढ्नुका साथसाथै स्वास्थ्यमा पनि समस्या आउन सक्छ। असारबाट राहु शुभ रहनाले नविन कार्यको थालनी हुनसक्छ । शनि ग्रह कमजोर रहनाले विभिन्न झमेलामा फस्न सक्ने सम्भावना रहेको छ। यो साल मेष राशिका लागि ऊर्जावान र परिवर्तनशील रहनेछ। यो वर्ष कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ, तर मेहनत र धैर्यता आवश्यक पर्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ, तर अनावश्यक खर्चबाट बच्नुहोला। स्वास्थ्यमा मौसमी रोगहरूले सताउन सक्छ, त्यसैले खानपान र व्यायाममा ध्यान दिनुहोस्। प्रेम र पारिवारिक जीवनमा सन्तुलन कायम राख्न संवाद महत्त्वपूर्ण हुनेछ । असार, आश्विन, माघ र फागुन महिना आर्थिक दृष्टिकोणले लाभदायक रहेका छन् । रातो रंग को प्रयोग अनि हनुमान र गणेश को पुजा गर्नाले बिशेष लाभ हुने छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
वृष राशिका लागि २०८२ साल स्थिरता र प्रगतिको वर्ष हुनेछ। शनि र राहु ग्रह शुभ रहनाले आर्थिक पक्ष सबल रहनेछ र साथै मुद्दा मामिलामा जित तपाईँको हुनेछ। गुरु ग्रह शुभ रहनाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। व्यवसाय र नोकरीमा सफलता मिल्नेछ, तर सहकर्मी वा प्रतिस्पर्धीसँग सावधान रहनुहोला। आर्थिक स्थिति बलियो हुनेछ, तर ठूला लगानी गर्नुअघि राम्रोसँग विचार गर्नुहोस्। स्वास्थ्यमा पेट र तनावसम्बन्धी समस्याहरू देखिन सक्छन्। पारिवारिक जीवन सुखमय रहनेछ। श्रावण, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् । सेतो रंग को प्रयोग गरि शुक्रदेव, माता लक्ष्मी को पुजा गर्नाले बिशेष लाभ हुने छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
मिथुन राशि हुनेहरुको लागि २०८२ साल समान्य रहने छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ शिक्षा वा सीप सिक्ने अवसर आउन सक्छ। वैदेशिक रोजगारीबाट मनज्ञ आम्दामी हुनसक्छ । आर्थिक रूपमा मध्यम रहनेछ, बचतमा जोड दिनुहोस्। स्वास्थ्यमा मानसिक तनाव कम गर्न ध्यान र योग लाभदायक हुनेछ। प्रेम र सम्बन्धमा उतारचढाव आउन सक्छ, संयम राख्नुहोला। माङ्गलिक कार्यसम्पादन तथा धार्मिक यात्रा हुने योग रहेको छ। वैशाख, भदौ, मङ्सिर र चैत महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्नाले बिशेष लाभ हुने छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
कर्कट राशि हुने हरु को लागि २०८२ साल समान्य रहने छ । २०८२ साल भावनात्मक र पारिवारिक दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ। घरमा शुभ कार्यको योग छ। कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ, तर समय व्यवस्थापनमा ध्यान दिनुहोस्। आर्थिक स्थिति राम्रो रहनेछ, तर जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोला। स्वास्थ्यमा पानी र मौसमजन्य रोगबाट सावधान रहनुहोस्। नोकरी क्षेत्रमा अपजस खेप्नुपर्ला । सेतो रंग को प्रयोग अनि चन्द्र देव, शिव देव को पुजा गर्नाले बिशेष फाइदा मिल्ने छ । बैशाख, जेठ्, असोज र पुष महिना आर्थिक दृष्टिले शुभ रहेका छन् ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
सिंह राशि हुनेहरु को लागि २०८२ साल मध्यम फलदायी रहेको छ । २०८२ साल नेतृत्व र आत्मविश्वासको वर्ष हुनेछ। आर्थिक पक्ष सबल रहनेछ । अढैया शनिका कारण झुटा आरोप लाग्ने मनमा अशान्ति रहन सक्छ। नोकरी वा व्यवसायमा उन्नति हुने सम्भावना छ। आर्थिक लाभका लागि नयाँ योजना बनाउन सकिनेछ। स्वास्थ्यमा उच्च रक्तचाप वा तनावबाट बच्न नियमित व्यायाम गर्नुहोस्। प्रेम र परिवारमा सुमधुर सम्बन्ध रहनेछ। जेठ, असार, कार्तिक र पौष महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । सुन्तला रंग को प्रयोग अनि सुर्य, बिष्णु, राम भगवान को पुजा गर्नाले बिशेष लाभ मिल्ने छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
कन्या राशि हुने हरु को लागि २०८२ साल शुभ रहने छ । २०८२ साल मेहनत र व्यवस्थापनको वर्ष हुनेछ। शत्रु नाश हुनेछन् । आयका थप बाटाहरू खुल्नेछन् । कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईंको लगनशीलताले सफलता दिलाउनेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। स्वास्थ्यमा पाचन र छालासम्बन्धी समस्याले सताउन सक्छ। परिवारमा सामान्य विवाद हुन सक्छ, धैर्य राख्नुहोला। असार, साउन, मंसिर र फाल्गुन महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु, दुर्गा भगवान, बुध देव को पुजा गर्नाले राम्रो हुने छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
तुला राशि हुने हरु को लागि बर्ष २०८२ शुभ फलदायी रहने छ । अधुरा कार्यहरू पूरा हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगति रहनेछ । आर्थिक अवस्था मजबुत हुँदै जाला । यो वर्ष सन्तुलन र सामाजिक सक्रियताको वर्ष हुनेछ। नयाँ सम्बन्ध वा साझेदारीबाट लाभ मिल्नेछ। आर्थिक स्थिति सुध्रनेछ, तर खर्चमा नियन्त्रण राख्नुहोस्। स्वास्थ्यमा कम्मर र मृगौलासम्बन्धी समस्याबाट सावधान रहनुहोस्। प्रेम र वैवाहिक जीवनमा मधुरता रहनेछ। श्रावण, भाद्र, पौष र चैत्र महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । सेतो रंग को प्रयोग शुक्र देव अनि लक्ष्मी माता को पुजा गर्नाले राम्रो हुने छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
वृश्चिक राशि हुने हरु को लागि २०८२ साल मध्यम फलदायी रहने छ । यो साल परिवर्तन र आत्ममूल्याङ्कनको वर्ष हुनेछ। ग्रहहरू प्रतिकूल रहनाले कामहरू अधुरै रहनेछन् । आर्थिक क्षेत्र त्यति मजबुत नहोला । पठनपाठनमा अवरोध उत्पन्न हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक रूपमा जोखिम लिनुभन्दा सुरक्षित बाटो रोज्नुहोला। स्वास्थ्यमा जोर्नी र तनावको समस्या देखिन सक्छ। परिवार र प्रेममा गहिरो समझदारी कायम रहनेछ। बैशाख, भाद्र, आश्विन र माघ महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । रातो रंग र गणेश, हनुमान को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
धनु राशि हुने हरु को लागि २०८२ साल मध्यम फलदायी रहला । यो वर्ष साहसिक र यात्राको वर्ष हुनेछ। पारिवारिक झमेला शान्त हुँदै जाला । शैक्षिक क्षेत्रमा प्रगति हुँदै जानेछ । नयाँ ठाउँ वा अवसरको खोजीमा सफलता मिल्नेछ। नवीन कार्यको थालनी हुनसक्छ । अढैया शनिको कारण विघ्नबाधा उत्पन्न हुन सक्छ। आर्थिक रूपमा राम्रो रहनेछ, तर बजेट बनाएर चल्नुहोला। स्वास्थ्यमा थकान र आँखाको समस्याबाट बच्नुहोस्। प्रेम र परिवारमा सकारात्मक वातावरण रहनेछ। जेठ, असोज, कार्तिक र फागुन महिना शुभ रहनेछन । पहेंलो रंग र बंगलामुखी को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
मकर राशि हुने हरु को लागि यो २०८२ बर्ष मध्यम रहने छ । शनि अनुकूल रहनाले यो वर्ष शान्ति समृद्धि छाउला। आफन्त इष्टमित्रको साथ पाइनेछ। नवीन कार्यको थालनी हुनसक्छ । बोल्दा होस् गर्नुपर्ने देखिन्छ। यो साल मेहनत र अनुशासनको फल प्राप्त हुने वर्ष हुनेछ। कार्यक्षेत्रमा पदोन्नति वा सम्मान मिल्न सक्छ। आर्थिक रूपमा स्थिर रहनेछ, तर ठूलो खर्चको योजना बनाउनुहोस्। स्वास्थ्यमा हड्डी र दाँतको समस्याले सताउन सक्छ। परिवारमा सुख र शान्ति कायम रहनेछ। असार, कार्तिक, मंसिर र चैत महिना राम्रो रहने छन । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
कुम्भ राशि हुने हरु को लागि २०८२ साल शुभ फलदायी रहनेछ । बौद्धिक क्षेत्रका काम बन्ने छन् । आर्थिक उन्नति हुनेछ भने पठनपाठन पनि राम्रै रहनेछ। स्वास्थ्य राम्रो हुँदै जाला । यो वर्ष नवीनता र सामाजिक कार्यमा रुचिको वर्ष हुनेछ। नयाँ मित्रता वा समूहबाट लाभ मिल्नेछ। आर्थिक उन्नति मध्यम रहनेछ र बचतमा ध्यान दिनुहोस्। स्वास्थ्यमा फोक्सो र श्वाससम्बन्धी समस्याबाट सावधान रहनुहोस्। प्रेम र परिवारमा सन्तुलन कायम रहनेछ। वैशाख, श्रावण, मंसिर र पुस महिना शुभ रहला । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
मीन राशि हुने हरु को लागि २०८२ साल मध्यम रहला । यो वर्ष धनप्राप्ति जग्गा जमिन प्राप्ति तथा बाहन सुविधासमेत प्राप्ति हुन सक्छ। यो साल कल्पना र आध्यात्मिकताको वर्ष हुनेछ। तुरुन्त अरूको विश्वास गर्नाले फसिन सक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा रचनात्मकताले मान्यता दिलाउनेछ। आर्थिक रूपमा सुधार हुने सम्भावना छ, तर लापरवाही नगर्नुहोला। स्वास्थ्यमा टाउको दुख्ने र अनिद्राको समस्या देखिन सक्छ। प्रेम र परिवारमा भावनात्मक सम्बन्ध बलियो हुनेछ। जेठ, भदौ, पुस र माघ महिना राम्रो रहने छन । पहेंलो रंग र बंगलामुखी माता को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
Nepali Rashifal Widget
Embed Nepali Rashifal on your website. Copy and Paste following code into your website:
Happy New Year 2082 cards
Download Nepali Calendar 2082
Nepali Calendar 2082
Dashain Tihar 2024 dates
Add Nepali Patro to your website
Nepali Calendar is also known the Bikram Sambat Nepali calendar. The current Nepali Year in Nepali is Nepali calendar 2082 Bikram Sambat. Nepali Calendar is approximately 56 years and 8 and months ahead of the English Calendar known as Gregorian Calendar or AD. Nepali Calendar in Nepal is called as nepali Patro. In Nepal the new year starts from the middle of april (approximately 17th of the april). In Gregorian Calendar the days of the months are known but in nepali calendar its not the case i.e. they change yearly.
The maximum number of days in a month in Gregorian calendar is 31, but in the Bikram Sambat nepali Calendar it can have upto 32 days. Bikram Sambat Nepali calendar is mostly used in Nepal and India. Some countries like Indonesia, Bangladesh, Srilanka, Thiland, Malaysia and Bhutan are also using Bikram Sambat Nepali Calendar. We have introduced this calendar to provide exact english date to nepali dates calendar along with the festivals, Public holidays, Marriage dates , Bratabandha dates and date converter tools etc. Peoples mostly use online nepali calendar for the festivals like Dashain(Bijaya Dashami), Tihar(Depawali) with tithi and festivals etc. The next Nepali Year is Nepali calendar 2082 Bikram Sambat.
